नेपाल राष्ट्र बैंक - पदपूर्ति सम्बन्धी सूचना | NRB Vacancy 2082

नेपाल राष्ट्र बैंक
(मानव संसाधन व्यवस्थापन विभाग)

दरखास्त फाराम भर्ने सम्बन्धी सूचना

प्रकाशित मिति: २०८२ मंसिर १९ अन्तिम म्याद: २०८२ पुस १०
Banking Office

नेपाल राष्ट्र बैंकमा रिक्त रहेका विभिन्न पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

दरखास्त दिने मिति

२०८२ मंसिर १९ देखि पुस १० सम्म
(दोब्बर दस्तुर: पुस १७ सम्म)

आवेदन विधि

अनलाइन (Online Portal)
jobs.nrb.org.np

पद संख्या

सहायक निर्देशक र सहायक पदहरू
(खुला तथा समावेशी)

विज्ञापन विवरण (पद र संख्या)

विज्ञापन नं. पद / श्रेणी सेवा जम्मा संख्या कैफियत (समूह)
१३/२०८२ सहायक निर्देशक (अर्थशास्त्र)
अधिकृत तृतीय
प्रशासन खुला: १
१४/२०८२ सहायक निर्देशक (व्यवस्थापन)
अधिकृत तृतीय
प्रशासन ३९ खुला: २२, महिला: ५, आ.ज.: ४, मधेशी: ५, दलित: १, अपाङ्ग: १, पि.क्षे.: १
१५/२०८२ सहायक निर्देशक (लेखा/लेखापरीक्षण)
अधिकृत तृतीय
प्रशासन १० खुला: ५, महिला: १, आ.ज.: १, मधेशी: १, दलित: १, अपाङ्ग: १
१६/२०८२ सहायक निर्देशक (वाणिज्य कानुन)
अधिकृत तृतीय
प्रशासन खुला: २, महिला: १, आ.ज.: १
१८/२०८२ सहायक
सहायक द्वितीय
प्रशासन २१ खुला: १२, महिला: ३, आ.ज.: २, मधेशी: २, दलित: १, अपाङ्ग: १

Studying

आवश्यक न्यूनतम शैक्षिक योग्यता

  • सहायक निर्देशक (अर्थशास्त्र): अर्थशास्त्रमा स्नातकोत्तर (Master's) तहमा प्रथम, द्वितीय वा तृतीय श्रेणी।
  • सहायक निर्देशक (व्यवस्थापन): व्यवस्थापन (Management) विषयमा स्नातकोत्तर तहमा प्रथम, द्वितीय वा तृतीय श्रेणी।
  • सहायक निर्देशक (लेखा/लेखापरीक्षण): CA/ACCA/CPA उत्तीर्ण गरेको।
  • सहायक निर्देशक (वाणिज्य कानुन): कानुनमा स्नातकोत्तर वा अन्य विषयमा स्नातकोत्तर गरी कानुनमा स्नातक।
  • सहायक (सहायक द्वितीय): +2 वा सो सरह उत्तीर्ण।
    विशेष नोट: लोक सेवा आयोगबाट मिति २०८२/०७/१५ मा सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण भएको हुनुपर्ने।

उमेर हद (२०८२ पुस १० सम्म)

  • सहायक निर्देशक: २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष)।
  • सहायक: १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष)।
  • बैंकका बहालवाला कर्मचारीलाई उमेरको हद लाग्ने छैन।

परीक्षा दस्तुर

  • अधिकृत तृतीय: रु. १,००० (थप समूहका लागि रु. ४००)
  • सहायक द्वितीय: रु. ८०० (थप समूहका लागि रु. ३००)
  • भुक्तानी: अनलाइन पोर्टल (ConnectIPS/eSewa/Khalti आदि) मार्फत।

अन्य जानकारी

  • परीक्षा केन्द्र: काठमाडौं (सबै पदका लागि)। सहायक पदको लिखित परीक्षा धनकुटा, जलेश्वर, पोखरा, बुटवल, सुर्खेत र दिपायलबाट पनि हुनेछ।
  • दरखास्त दिने अन्तिम मिति: २०८२/०९/१० (दोब्बर दस्तुर तिरी २०८२/०९/१७ सम्म)।
  • समावेशी कागजात: सम्बन्धित निकायबाट जारी भएको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
  • थप जानकारी: कुनै द्विविधा भएमा बैंकको फोन नं ०१-५७१९६४१ मा सम्पर्क गर्न सकिनेछ।